धनगढी उपमहानगरपालिका ८ मा एमाले वडा अधिवेशन सम्पन्न : नरेन्द्र रानाको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन

कैलाली! नेकपा (एमाले) धनगढी उपमहानगरपालिका अन्तरगत वार्ड ८ को वडा अधिवेशन भब्यताका साथ आज सम्पन्न भएको छ।

उक्त वडा भेलाले नरेन्द्र रानाको अध्यक्षतामा ४१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।
उक्त वडा अधिवेशनको प्रमुख अतिथिमा पार्टिका केन्द्रिय सदस्य एवं कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना,अतिथिहरुमा जिल्ला कमिटी सदस्यहरु कमलसिं राना र उमेश गिरी तथा अनेरास्ववियुकि सचिवालय सदस्य रक्षा बम लगायत रहनुभएको थियो।निर्वाचित वडा कमिटी पदाधिकारी एवं सदस्यहरुलाई केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज नारदमुनी रानाले शपथ खुवाउनु भएको छ।

उक्त वडा अधिवेशनबाट निम्न बमोजिमका पदाधिकारीहरु सर्वसम्मतिमा चयन गरिएको छ।
अध्यक्ष – नरेन्द्र राना,
उपाध्यक्ष – प्रेम चौधरी,
सचिव – दिप बहादुर बोहरा क्षेत्री,
उपसचिब – गिता चन्द ,
उपसचिव – लाल बहादुर राना                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *