एमाले केन्द्रिय कमिटी बैठकले थप्यो महाधिवेशन प्रतिनिधि : १ हजार ९ सय ९९ सहभागी हुन पाउने

काठमाडौं । नेकपा (एमाले) ले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या बढाएको छ । आज बसेको पार्टिको केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रिय सदस्यहरूले प्रतिनिधि संख्या बढाउन सुझाव दिएपछि करिब चार सय संख्या बढाउने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

यसअघि स्थायी कमिटीले १ हजार ५ सय ३६ हुने निर्णय गरेर केन्द्रिय कमिटीमा सिफारिस पठाएको थियो। आज बसेको केन्द्रिय कमिटी बैठकबाट भएको निर्णय अनुसार अब चार सय थपिँदा १ हजार ९ सय ९९ प्रतिनिधि हुने छन् ।
नेकपा एमालेले महाधिवेशन प्रतिनिधि छनोट भने कार्तिक २७ गते हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *