एमाले सुदुरपश्चिम प्रदेश मातहतका सबै वडाहरुमा भोलि वडा अधिवेशन हुदै

काठमाडौं ! नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी मातहतमा रहेका सबै जिल्लाका वडाहरुमा भोलि कार्तिक १२ गते वडा अधिवेशन हुदैछ। देशका अन्य सबै भुभागमा गत कार्तिक ०६ गते वडा अधिवेशन सम्पन्न भएपनि सुदुरपश्चिम प्रदेशमा अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण अधिवेशन सारिएको थियो।

भोलीको वडा अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न पार्टी नेतृत्व लागिपरेको बताइएको छ,सर्वसम्मत नभएका ठाउमा लोकतान्त्रिक प्रक्रिया अनुरुप चुनाब भै नेतृत्व चुनिने छन। भोलि वडा अधिवेशन सम्पन्न भएपछी कार्तिक १५ गते प्रदेशका सबै पालिकाहरुमा पालिका अधिवेशन हुदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *