एमाले वडा अधिवेसन : देशभर करिब ६ हजार वडा कमिटीहरु सर्वसम्मत चयन

काठमाडौं ! नेकपा एमालेको आगामी मंसिरमा हुने दशौ महाधिवेशनका लागि तल्ला कमिटीहरुको अधिवेसन आजबाट सुरु भएको छ। बाढी पहिरो प्रभावित क्षेत्र बाहेक अधिकांस ठाउँहरुमा आज वडा अधिवेशन सम्पन्न भएको छ।

देशभरी आयोजना भएको वडा अधिवेसनलाई पार्टिका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन र सम्बोधन गर्नुभएको थियो।
दिउँसो १२ बजे अध्यक्ष ओलीले उद्घाटन गर्नु भएपछी सुरु भएको अधिवेसनको अहिले सम्म प्राप्त रिपोर्ट अनुसार देशभरी ६ हजार भन्दा वडाहरुमा सर्वसम्मत नेतृत्व सहित कमिटी चयन भएको छ भने केही वडाहरुमा रिपोर्ट आउनेक्रम जारी रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *