प्रवासी नेपाली मञ्च स्कटल्याण्डको अध्यक्षमा जोनी पहारी र सचिवमा निर्देशन त्रिपाठी

काठमाडौं ! प्रबासी नेपाली मञ्च युके (स्कटल्याण्ड) को स्वागत , अन्तरकृया एबम अधिबेशन कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका उपाध्यक्ष , पुर्ब अर्थमन्त्री प्रतिनिधिसभा चितवन-०१ का माननीय सदस्य सुरेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता तथा समितिका अध्यक्ष जोनि पहारिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको विशिष्ट अतिथिको रुपमा नेकपा एमाले केन्द्रिय कमिटीका सदस्य द्वय कृष्ण दाहाल , पदम गिरि मा.जयकुमार राई , प्रबासी नेपालि मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष क.भक्त गुरुङ रहनुभएको थियो । अन्य अतिथिहरुमा प्रबासी नेपाली मञ्च युके राष्ट्रिय कमिटीका अध्यक्ष सुरेन्द्र थपलिया , एनाअरएन स्कटल्याण्डका संरक्षक भोला खनाल रहनुभएको थियो । कार्यक्रम समितिका सचीव बिदुर खत्रीले संचालन गर्नुभएको थियो । स्वागत मन्तव्य प्रबासी नेपाली मञ्च केन्द्रिय सदस्य तोया सापकोटाले राख्नुभएको थियो । प्रमुख अतिथि पाण्डेले नेपाली अर्थ राजनीतिको बिसयमा आफ्नो भनाइहरु राख्नुभएको थियो । आफ्नो ज्ञान सीप पुजि कमाएर नेपाल फर्कनुपर्ने भनाइ उहाँको थियो । अधिबेशनले नया समिति पनि चयन गरेको छ । समितिको अध्यक्षमा जोनि पहारी , उपाध्यक्षमा यज्ञ ढकाल , सचिबमा निर्देशन त्रिपाठी सह-सचीवमा मोति खरेल लगायत ११ सदस्यीय नया समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *