एमाले धादिङ- काठमाडौं सम्पर्क मंचको अध्यक्षमा संजिव पाण्डे निर्वाचित

काठमाडौ ! नेकपा (एमाले) धादिङ–काठमाडौं सम्पर्क मञ्चको ११ औं अधिवेशनबाट अध्यक्षमा संजिव पाण्डे सर्वसम्मत रूपमा चयन भएका छन् । हिजो सोमबार सम्पन्न अधिवेशनबाट पाण्डे सर्वसम्मत भएका हुन् ।

मञ्चको उपाध्यक्षमा अर्जुन तिमल्सिना र सीता कँडेल, सचिवमा कमल थापा मगर, उपसचिवमा होमनाथ जम्मरकट्टेल र संगिता कार्की, कोषाध्यक्षमा शिव सेंडाई चयन भएका छन् ।
गत फागुन २१ गते सम्पन्न ११ औं सम्मेलनको उद्घाटन र खुल्ला सत्र कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *