एमाले माधवनारायण नगरपालिकाको नगर अध्यक्षमा उपेन्द्र साह सर्वसहमत

रौतहट । रौतहटको माधवनारायाण नगरपालिकाको नेकपा एमालेको नगर अध्यक्षमा उपेन्द्र साह सर्वसहमत चयन भएका छन् ।

आज सो नगरपालिकाको माधोपुरमा सम्पन्न नगर अधिवेशनले साहको नेतृत्वमा ६५ सदस्यिय नगर कमिटि सर्वसहमत चयन गरेको हो । कमिटिको उपाध्यक्षमा रामइश्वर यादव, सचिवमा अरविन्द झा, उपसचिवमा विगु राम, सुवह पासवान रहेको नेकपा एमाले रौतहट जिल्ला कमिटी उपसचिव पलट चौधरीले जानकारी दिए । नव गठित नगर कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एमाले मधेस प्रदेश उपसचिव आरती भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी थिइन् ।

अधिवेशनको प्रमुख अतिथि रहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु शाहले मधेश विकास नेकपा एमालेको सरकारले मात्र गर्न सक्ने भन्दै एमाले बाहेककि दलहरुले मधेसलाई केवल भोट बैंकको रुपमा मात्र प्रयोग गरिरहेको आरोप लगाए ।
उनले अहिलेको गठबन्धनको सरकारलाई गठबन्धनको संज्ञा दिँदै यो परमादेशबाट बनेको सरकारलाई नेकपा एमालेको जनमतबाट बनेको सरकारले विस्थापित गरेर विकासको लहर ल्याउने दावी गरे ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् रौतहट इन्चार्ज उपेन्द्र साहले रौतहट जिल्ला कम्युनिष्टहरुको किल्ला भएकाले यस पटक यहाँका सबै निर्वाचन क्षेत्र र स्थानिय तहमा नेकपा एमालेले जित्ने दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *