नेपाली कांग्रेस रौतहटको सभापतिमा हृदय नारायाण यादव सुनिल यादव विजयी

रौतहट । नेपाली कांग्रेस रौतहटको सभापति पदमा सुनिल यादव ( जितेन्द्र ) विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मत परिणाममा सुनिलले अर्का उम्मेदवार हृदय नारायाण यादवलाई २ सय ९८ मतले पराजित गरेका हुन् ।

सुनिलले १ हजार ३६२ मत ल्याउँदा हृदयनारायण १ हजार ६४ मतमा चित्त बुझाउनु परेको थियो । संविधान सभा सदस्य समेत रहेका सुनिल संस्थापन पक्षका उम्मेदवार हुन् । नव निर्वाचित सभापति सुनिलले आफ्नो जित समग्र नेपाली कांग्रेसको जित भएको भन्दै चुनावी प्रतिष्पर्धालाई बिर्सिएर सबैलाई एकढिक्का बनाएर रौतहटलाई नेपाली कांग्रेसको किल्ला बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले आफुलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिदैं आउँदो स्थानिय तहको निर्वाचनमा जिल्लाको १८ वटै पालिकामा नेपाली कांग्रेसलाई विजयी गराउने अभियानमा दिलो ज्यान दिएर लाग्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *