एमाले गोदावरी नगर अधिवेशन सम्पन्न : अध्यक्षमा गोकर्ण भट्ट सर्वसम्मत

कैलाली! कैलालीको गोदावरी नगरपालिकामा नेकपा (एमाले) को नगर अधिवेशन सम्पन्न भएको छ। उक्त नगर अधिवेशनले गोकर्ण भट्टको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन गरेको छ।

गत कार्तिक १५ गते नगर अधिवेशन उद्घाटन भएपनि नेतृत्व लिने विवादले गर्दा बन्दसत्रमा केहि समय मात्र प्रवेश गरेर अधिवेशन अनिश्चित कालका लागि स्थगन भएको थियो। त्यसपछि पार्टिको दशौ महाधिवेशन चितवनमा सम्पन्न भयो,साथै जिल्ला अधिवेशनपनि सम्पन्न भएपछि हाल नगरको विवाद अन्त्य गरि सहमतिमै नगर नेतृत्व चयन भएको जनाइएको छ।

आज सुरु भएको बन्दसत्रबाट गोकर्ण भट्ट अध्यक्ष ,बल बहादुर चौधरी उपाध्यक्ष,जिवन कुमार शाह सचिव,महाबिर बिक (मुन्ना) राधा जोशी उपसचिवमा सर्वसम्मत निर्वाचित हुनुभएको जनाइएको छ। उक्त गोदावरी नगरपालिका एमाले केन्द्रिय सचिव लेखराज भट्टको गृहनगर पनि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *