बागमती प्रदेशमा दुवै संसदीय समितिमा एमाले विजयी

काठमाडौं ! बागमती प्रदेशसभा अन्तर्गत रहेको २ वटा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विजयी भएको छ ।

सोमबार भएको निर्वाचनमा सत्तारूढ गठबन्धन सहभागी नभएपछि दुवै समितिको सभापतिमा एमालेको उम्मेदवार बिजयी भएका हुन् ।

प्रदेशसभा अन्तर्गत रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनोट गर्न निर्वाचन भएको थियो ।

सो निर्वाचन प्रक्रियामा सत्तारूढ गठबन्धन सहभागी नै नभएपछि एमालेले दुवै समितिको सभापति पाएको छ ।

एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई अगाडि बढाएको थियो ।

एमालेको बहुमत रहेका कारण सत्तारूढ गठबन्धनले उम्मेदवार नै दर्ता नगराउनुका साथै निर्वाचन प्रक्रियामा समेत सहभागी भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *