बलिउड अभिनेता विवेक ओबरोयले गरे पशुपतिनाथको दर्शन

काठमाडौं ! बुधवार बेलुका सपरिवार नेपाल आएका बलिउड अभिनेता विवेक आनन्द ओबरोयले पशुपतिनाथ मन्दिर दर्शन गरेका छन् । आज (बिहीबार) बिहान बुबाआमा, पत्नी र छोराछोरीसहित उनले पशुपतिनाथमा पूजाअर्चना गरे ।

उक्त अवसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दे उनले पशुपतिमा पूजाका लागि आउने धोको पहिल्यैदेखि भएको र अहिले आउँदा मन शान्त भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *