कैलालीमा ट्याक्टर दुर्घटनामा परि २ जनाको मृत्यु, २८ जना घाइते

काठमाडौं ! कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

जोशीपुर गाउँपालिका-७ को हजारीबारामा सोमबार राति से१त ८८७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले ट्याक्टरमा सवार भजनी नगरपालिका-९ बस्ने १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु भएको जानकारी दिए ।उनीहरु दुवै जनाको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको डीएसपी जोशीले बताए ।

दुर्घटनामा परेर घाइते भएका भजनी नगरपालिकाकै १६ जनाको घोडाघोडी अस्पताल र १२ जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको डीएसपी चन्दले बताए । जोशीपुरमा आफन्तकोमा पास्नीको भोज खाएर भजनी नगरपालिका-९ कुणीतर्फ फर्किंदै गर्दा उनीहरु ट्याक्टर दुर्घटनामा परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *