तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।   त्यस्तै अर्का एक गम्भीर घाइते भएका छन् ।

बुधबार बिहान कुखुरा बोक्ने जीप र मोटरसाइकल आपसमा ठोक्कीएर भएको दुर्घटनामा मोटरसाइकल चालक २३ वर्षीय नोजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भक्तपुरको सुर्यविनायक नगरपालिकाकाका रहेको खुलेको छ ।

राईको आज बिहान उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

त्यस्तै सोही मोटरसाइकलमा सवार सुर्यविनायक नगरपालिका–२, बालकोटका २३ वर्षीय चन्द्र सिलवालको भने उपचार भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *