जाजरकोट जीप दुर्घटनामा परि ११ जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा आज जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा ११ जनाको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार दुर्घटनामा घटनास्थलमै ९ जनाको मृत्यु भएको र २ जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

वडा नम्बर ४ जेवाबाट वडा नम्बर ५ थलहमा बिरामी लिन जाने क्रममा जिप दुर्घटनामा परेको थियो । जिप दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा भगवती माई गाउँपालिका–२, दैलेखका मानबहादुर राउत, भगवती माई गाउँपालिका–३ का वीरेन्द्र केसी, भगवती माई गाउँपालिका–३ कै अम्बरबहादुर खड्का, छेडागाड नगरपालिका–६, जाजरकोट का वीरबहादुर खत्री, जयकुडा बुढा, नैनसरा अधिकारी, रामबहादुर बुढा, दीपक अधिकारी, देवीसरा बुढा, अम्बर अधिकारी र निशा अधिकारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *