सेती नदीमा खस्यो मोटरसाइकल, चालक सकुशल

बझाङ !  बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिका १ तोमिल भन्ने ठाउँबाट घर गइरहेका दुर्गाथली गाउँपालिका ३ का २१ वर्षीया माइकल माडले चलाएको अनटेस्ट मोटरसाइकल सेती नदीमा खसेको हो।

साँघुरो बाटोका कारण मोटरसाइकल अनियन्त्रित भई सेतीमा खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल चालक माड भने सकुशल छन्। उनको अवस्था सामान्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *