सवारी दुर्घटनामा परि भक्तपुरमा एक जनाको मृत्यु

काठमाण्डाै !  भक्तपुरमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

गएराति सवा ११ बजे मध्यपुर नगरपालिका-६ पुरानो थिमिमा बाग्मती प्रदेश–०१०२३ च ४२५३ नम्बरको भ्यान र बा १० प ९५०८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक भक्तपुर नगरपालिका क्वाँछेका २८ वर्षका सिजन फसिकवाको ज्यान गएको प्रहरीले जनाएको छ । उहाँको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा पौने १२ बजे ज्यान गएको हो ।

यस्तै, दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने भक्तपुर नगरपालिका-७ का सुनिल ग्वाछा घाइते हुनुभएको छ । उहाँको उपचार भइरहेको छ । भ्यान चालकलाई प्रहरीले प्रक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *