बैतडीमा प्रहरी सवार गाडी दुर्घटना : घटनाको विवरण आउन बांकी

कैलाली । बैतडीमा प्रहरी सवार गाडी दुर्घटना भएको छ। पाटन नगरपालिका–४ थुममा प्रहरी चढेको से १ ज ८५४ नम्बरको जिप दुर्घटना भएको हो।

निर्वाचनमा खटिएका प्रहरी सवार गाडी सडकबाट दुई सय मिटर तल खसेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। केही मानिसको हाताहाती भएको आशंका गरिएको छ।

‘गाडी सडकबाट खोलामा खसेको छ, ४/५ जना अचेत अवस्थामा छन्, मृत्यु भए/ नभएको पुष्टि हुन सकेको छैन,’ पाटन नगरपालिका–४ का वडाध्यक्ष दीपक विष्टले भने।

घाइते ६ जनलाई उपचारका लागि पाटनस्थित अस्पताल पठाइएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लोकेन्द्र जोशीको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।

‘दुर्घटनाको खबरपछि हामी घटनास्थलतर्फ आएका छौं, घटनाको विस्तृत विवरण आइसकेको छैन।’ प्रहरी निरक्षक जोशीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *