सिन्धुपाल्चोकमा बस दुर्घटना, ३५ जना घाइते

काठमाडौं ! सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै दुर्घटना भएको छ। बसमा सवार ३५ यात्रु घाइते भएका प्रहरीले जनाएको छ।

सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ। बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *