भारतीय वायुसेनाको मिग-२१ लडाकु विमान दुर्घटनाग्रस्त

काठमाडौं । भारतीय वायुसेनाको मिग-२१ लडाकु विमान राजस्थानको बारमेर जिल्लामा बिहीबार राति दुर्घटनाग्रस्त भएको छ ।

समाचार एजेन्सी पीटीआईले बारमेरका जिल्ला मजिस्ट्रेट लोकबन्धुलाई उद्धृत गर्दै भने कि घटना जिल्लाको बैतुको भीमदा गाउँ नजिकै भएको थियो । एएनआईका अनुसार रक्षामन्त्री राजनाथ सिंहले भारतीय वायुसेना प्रमुख एयर चीफ मार्शल वीआर चौधरीसँग दुर्घटनाको बारेमा कुरा गरेका थिए ।

वायुसेना प्रमुखले यस घटनाको बारेमा रक्षामन्त्रीलाई जानकारी दिएका छन् । विमानमा दुई जना पाइलट सवार रहेको बताइएको छ । पीटीआईका अनुसार यस दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको छ । एएनआईका अनुसार वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *