ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टियो

काठमाडौं ! ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ । बा.३ ख  ४४४० नम्बरको बसले बा.२ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको छ । बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका छन् ।
आकाशे पुल नजिकै दुर्घटना गराउने बस ५० वर्षीय नकलबहादुर महर्जनले चलाएका थिए । बसमा यात्रु थिएनन् । घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *