दाउन्नेमा बस दुर्घटना : केहिको अवस्था गम्भीर

काठमाडौं ! नवलपुरको दाउन्नेमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस दाउन्नेको ओरालो कटेपछि अनियन्त्रित भई पल्टिँदा बसमा आगो लागेको नवलपुर प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *