तनहुँको आँबुखैरेनीमा सडक भाँसिदा पृथ्वी राजमार्गमा यातायात अवरुद्ध

तनहुँ ! पृथ्वीराज मार्गको आँबुखरेनी खण्डमा यातायात अवरुद्ध भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भाँसिदा यातायात अवरुद्ध भएको हो । मस्र्याङदी जलविद्यतु आयोजना नजिक सडक भाँसिएको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का सदस्य मनोजकुमार श्रेष्ठले बताए ।

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण सडक भाँसिएको हो । सडक भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावत सम्भव नभएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । खड्काका अनुसार करिब २० मिटर सडक भाँसिएको छ । तत्काल मर्मत गर्ने अवस्था पनि नभएकाले जताबाट आएको त्यतैतर्फ सवारी साधान फर्काइएको प्रहरीले बताएको छ ।

कार दुर्घटनामा एकको निधन

पृथ्वी राजमार्गको आबुँखैरेनीमा भाँसिएको सडकमा कार दुर्घटनामा परेको छ । सडक भाँसिएको ठाउँबाट कार खसेको र एक जनाको शव भेटिएको वडा सदस्य मनोजकुमार श्रेष्ठले जानकारी दिए ।शुक्रबार बिहान ३ बजे उक्त कार दुर्घटनामा परेको र त्यसअघि नै राति सडक भाँसिएको उनले बताए । कारका कति जना सवार थिए थाहा नभएको र घटनास्थलमा एक शव भेटिएको उनले बताए । कार पहिरोले पुरिएको छ । मृत्यु भएकाको परिचय खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *