कञ्चनपुरमा मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु

धनगढी: कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-७ का ७३ वर्षीय भोजबहादुर थापा रहेका प्रहरीले बताएको छ।

प्रहरीका अनुसार मंगलबार कृष्णपुर नगरपालिका-५ मा से७प ५५४७ नम्बरको मोटरसाइकल र सु प प्र ०२ ००३ प ९६३१ नम्बरको मोटरसाइकल ठोक्किँदा ४ जना घाइते भएका थिए। दुवै मोटरसाइकलका चालक र पछाडि सवार दुई जना गरी ४ जना घाइते भएका र घाइते मध्येका थापाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइतेहरुमा धनगढी-७ का ३७ वर्षीय प्रेम थापा, कञ्चनपुरको वेदकोट नगरपालिका-८ का ३१ वर्षीय खडकसिंह ऐर र मझगाउँ आर्मी व्यारेकमा कार्यरत माइते माझीे रहेका प्रहरीले बताएको छ। उनीहरुको उपचार भइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *