रुपन्देहीको रोहिणी नदीमा पुलबाट खस्यो बस, ९ जनाकाे मृत्यु

रुपन्देही । जनकपुरदेखि भैरहवा हिडेको बस रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त बस आईतबार बिहान करिब ४ बजेर ३० मिनेट जाँदा नदीमा खसेको प्रहरीले बताएको छ ।

बसमा ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनामा मृतकको संख्या ९ पुगेपनि उनीहरुको पहिचान भने हुन सकेको छैन । घटनास्थल रोहिणी गाउँपालिका –४ र ओमसतिया गाउँपालिका – ४ को सीमा क्षेत्र हो । तस्बीरमा बस पुलमुनी खसेको देख्न सकिन्छ । बसको अगाडिको भाग पूरै क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार धेरैजसो घाइतेहरुको उद्धार गरेर भीम अस्पताल र युनिभर्सल मेडिकल कलेज लगिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *