कारको ठक्करबाट तीन जनाको मृत्यु

नेपालगन्ज ! बाँकेको नेपालगञ्जस्थित बिपी चोक नजिकै कारको ठक्करबाट तीन जना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज–११ बस्ने ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षीया अली अन्सारी र ५ वर्षकै कसिम इद्रिसी छन् । आइतबार राति उनीहरु सडकमा हिँडिरहेको अवस्थामा कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइतेहरूलाई कार चालकले  शिक्षण अस्पताल नेपालगञ्ज पुर्‍याएका थिए । १५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले सन्चार माध्यमलाई बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *