टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु

काठमाडौं : गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ। स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेष्याको बुधबार बिहान ८:३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो।

घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएको थियो। बालिकाहरुको उनीहरुको घटनास्थलमै  मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ।
सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *