जसपाका प्रमुख सचेतक प्रमोद साह घाइते

काठमाडौं– सर्लाहीमा शनिबार बिहान भएको झडपमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साह घाइते भएका छन्। सर्लाहीको ईश्वरपुर नगरपपालिकामा क्लबको जग्गाको विषयलाई लिएर झडप भएको थियो।

स्थानीय एक क्लबको जग्गाको विषदमा केही समययता विवाद रहँदै आएको थियो। क्लबको भवन बाटोमा परेपछि केही समयअघि भवनको आधा भाग भत्काइएको थियो। त्यही भवनको निर्माणको विवादमा स्थानीय दुई पक्षबीच झडप भएको हो।

विवाद बढिरहेको बेलामा सांसद् साह त्यहाँ पुगेका थिए। लगत्तै उनीमाथि पनि प्रहार भएको थियो। उनको टाउकोमा चोट लागेको प्रहरीको भनाइ छ। घाइते साहलाई स्थानीय अमृत हेल्थकेयरमा उपचारका लागि लगिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *