संखुवासभाको मादी नगरपालिकामा बस दुर्घटना हुँदा घटनास्थलमै १४ जनाको मृत्यु

काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको संखुवासभाबाट प्रतिनिधिसभा सांसद राजेन्द्र गौतमले फेसबुक मार्फत जानकारी दिनुभएको छ ।
दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको जनाइएको छ ।

बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । घटनास्थलबाट उद्दार कार्य जारी रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *