बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं ! नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टीतेलको प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।  बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

निगमका अनुसार मूल्यवृद्धि भएसँगै अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १८२ रुपैयाँ पर्ने भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य १७० पर्नेछ । निगमले ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २३५ रुपैयाँ बढाएको छ । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर १८९५ रुपैयाँ पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *