अर्बौंको आर्थिक चलखेर गरेर आयल निगमलाई व्यापारीको हातमा दिन खोजिदैंछ : रामचन्द्र पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौंको आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको गम्भीर आरोप लगाएका छन् । ६४औं संसद दिवसको अवसर पारेर पूर्वसभामुख समेत रहनु भएका वरिष्ठ नेता पौडेलले सरकारमाथि सो आरोप लगाएका हुन् ।

उनले नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्बौं कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरु लागेको भन्दै आपत्ति जनाए । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चार माध्यामहरुले अघि ल्याउनुपर्ने बताए ।

उनले भने, ‘कहिल्यै किसानले भनेका बेलामा मल पाएका छैनन् । जहिले पनि मलको हाहाकार किन भयो ? किन भएको छ भने हामीले यो कुरा बुझेनौं–काँग्रेसभन्दा बढि एमाले समाजवादी । एमाले भन्दा माओवादी बढि समाजवादी । चर्काचर्का समाजवादी यहाँ छौं । तर यी चर्का समाजवादीहरुले के–के गरे ? अहिले किसानलाई जुन मार परिहेको छ । महंगी त प¥योप¥यो । मलको अभावको जुन मार परेको छ । त्यतापट्टी कसको ध्यान गयो ? दुई तिहाई ल्याएको सरकारले केही पनि करेक्सन गर्न सक्यो ? त्यत्रो बहुमतको सरकार हुँदा त करेक्सन हुनु पर्दथ्यो नि । तर भएन ।’

उनले फेरि भने, ‘अहिले पनि हाहाकार छ देशमा । यत्रो हाहाकार किन भइरहेको छ देशमा भन्दा व्यापारिको हातमा तपाईले दिनुहुन्छ जव । व्यापारीले त नाफा हेर्छ । जतिखेर नाफा हुन्छ, त्यतिखेर मल ल्याउँछ । यसरी आज निर्धा किसानको संरक्षण भयो ? आफूलाई समाजवादी भन्नेहरुले किसानहरुको पक्षमा के गरे ? आज पनि फेरी म सुन्दैछु, प्रधानमन्त्रीजीलाई सोध्न मन लागेको थियो । तपाई मिडियाहरुको माध्यामबाट एउटा कुरा जाओस– अहिले पनि म फेरी सुन्दैछु । आयल निगमलाई पनि यस्तो व्यापारीको हातमा दिने चलखेल भइराखेका छन् रे । र, तपाईहरुलाई म सुनाउन चाहन्छु–त्यो चलखेलहरु जो हुन्छन नि । यो चलखेलको पछाडि करोड होईन, अर्व कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ ? त्यो आजीवन राजा हुने भइहाल्यो नि । यसैमा पनि खेलबार्ड । मे के भन्नु चाहन्छु भने ७० वर्ष लडेर यो देशमा बल्लबल्ल व्यवस्था टुंगो लागेको छ । यसलाई पनि काम लागेन भनेर फेर्न खोज्ने काम नगरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *