रसुवागढी नाकाबाट हुनथाल्यो नेपाली उत्पादन चीनतर्फ निर्यात

काठमाडौं । कोरोना काल अघिबाटै ठप्प रहेको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट निर्यात थालनी भएको छ ।

करिब ३ वर्षपछि मंगलाबारबाट रसुवागढी नाकामार्फत नेपालमा उत्पादित सामग्री निर्यात सुरु भएको हो । ।

रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत नारायण प्रसाद भण्डारीका अनुसार सोमबार नेपालमा उत्पादित वस्तुहरु बाँसका मुडा, हस्तकलाका समाग्रीहरुमा बिशेष त तामाका हस्तकलाका समाग्रीहरु छ वटा नेपाली कन्टेनरमा राखेर तीनवटा चीनीयाँ गाडीमा राखेर पठाईएको हो ।

यसअघि पनि नेपालबाट यो नाका हुँदै खासगरी बाँसको मुडा, काठको टेबल र अम्रिसोको कुचो निर्यात हुने गरेको थियो ।

कोरोना समयअघि बाटै यो नाकाबाट चिनियाँ सामग्रीहरु आयात मात्रै हुँदै आएकोमा मंगलबारबाट भने नेपाली सामग्री पनि निर्यात हुन थालेको भन्सार अधिकृतको भनाइ छ ।

नेपाली उत्पादन पनि निर्यात हुन थालेपनि नेपालको व्यपार घाटा कम हुने विश्वास लिइएको छ ।

यसअघि चिनियाँ पक्षले यो भन्सारबाट निर्यात हुने वस्तुमध्ये खाद्य बस्तुहरुमा नेपाली भाषामा र केहि समाग्रीहरुमा अंग्रेजी भाषामा मात्र लेबललिङ गरिएको भन्दै असन्तुष्टि जनाउने गरेको थियो ।
सोही कारण नेपालबाट निर्यात समेत रोक्त पुगेको थियो ।

त्यस्तै रसुवागढी नाकाबाट इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री र फलफूल आयात हुने गरेको छ ।

बस्तुहरु निर्यात सुरु भएपनि मानिसहरु आवतजावतका लागि भने तत्काल नाका खुला भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *