गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै कैलालीवासी आन्दोलनमा

धनगढी ।आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले सार्वजनिक गरेको नीति कार्यक्रममा कैलालीको गेटा मेडिकल कलेज सञ्चालनका विषय सम्बोधन नभएको भन्दै विरोध हुन थालेको छ । भवनलगायतका संरचना निर्माणको काम पूरा भइसकेको गेटा मेडिकल कलेज सञ्चालनको विषय नीति कार्यक्रममा नसमेटिएको स्थानीयवासीको भनाइ छ ।

कलेज सञ्चालनको प्रक्रिया यथाशीघ्र सुरु गर्न दबाब दिने उद्देश्यले कैलालीमा सङ्घर्ष समितिसमेत गठन गरिएको छ । समितिको पहलमा आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी र अत्तरियालगायतका क्षेत्रमा हस्ताक्षर सङ्कलन गर्नुका साथै प्रदेशका मुख्यमन्त्री, कैलालीका प्रमुख जिल्ला अधिकारी र धनगढी उपमहानगरपालिकाका प्रमुखलाई छुट्टाछुट्टैरूपमा ज्ञापनपत्रसमेत बुझाइएको छ । कलेजका आवश्यक भौतिक पूर्वाधार तयार भइसके पनि यो कलेजलाई कुन प्र्रारूपमा सञ्चालन गर्ने भन्ने विषयमा सरकारले अहिलेसम्म टुङ्गो लगाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *