छिटै स्थानीय निर्वाचनको आचार संहिता लागू हुन्छ : निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै छिटै आचार संहिता लागू गर्ने तयारी गरेको छ।
आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिए। निर्वाचनका लागि आठ अर्व ९५ करोड २ लाख बजेट माग गर्ने निर्णय गर्दै अर्थ मन्त्रालयमा पठाएको उनले जानकारी दिए।

‘आचार संहिता अन्तिम अवस्थामा छ। हामी केही छलफलमा छौं’ उनले भने ‘यो अन्तिम भएर राजपत्रमा प्रकाशित भएपछि लागू हुने छ।’ राजपत्रमा प्रकाशित भएको आचार संहिता आयोगले उपयुक्त लागेको समयमा यो लागू गर्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *